स्तब्धपुर्ण हारले बायर्नको उपाधि जित्ने योजना लम्बियो (भिडियोसहित)

एजेन्सी । लगातार नवौंपटक बुण्डेसलिगा उपाधि जित्ने अभियानमा रहेको साविक विजेता बायर्न म्युनिखले शनिबार राती मेन्जसँग २–१ को स्तब्धपुर्ण हार बेहोर्न पुगेको छ । यो हारसँगै बायर्नले यस सिजन उपाधि उचाल्नका लागि थप पर्खनु पर्ने भएको छ ।

खेल शुरु भएको तेस्रो मिनट मै जोनाथन बुकार्डले गोल गर्दा मेन्जले खेलमा सनसनीपुर्ण अग्रता लिएको थियो । ३७औं मिनटमा रबिन काइसनले मेन्जका लागि दोस्रो तथा निर्णायक गोल गरे ।

उता बायर्नका लागि खेलको अन्तिमतिर इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए तापनि टोलीको हार टार्न त्यो गोल प्रर्याप्त भने बनेन ।

यो हारका बावजुद ३१ खेलबाट ७१ अंक जोडेको बायर्न शिर्ष स्थानमा यथावत छ । र दोस्रो स्थानको आरबी लिपजिग भन्दा दश अंकले अगाडी छ । लिपजिगले एक खेल कम पनि खेलेको छ । उता एक खेल कम खेलेर सनसनीपुर्ण जित निकालेको मेन्ज भने ३४ अंकका साथ १२औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...