दश खेलाडीमा खुम्चिएर पनि डर्टमुण्डको जित (भिडियोसहित)

एजेन्सी । खेलको दोस्रो हाफमा दश खेलाडीमा खुम्चिएर पनि बोरुसिया डर्टमुण्डले बुण्डेसलिगामा शनिबार वुल्फसबर्गमाथि २–० को महत्वपूर्ण जित हात पारेको छ ।

डर्टमुण्डको जितमा दुवै गोल नर्वेजियन स्टार इर्लिङ हालण्डको नाममा रह्यो । खेलको १३औं मिनटमा हालण्डले डर्टमुण्डका लागि पहिलो गोल गरेका थिए ।

यद्यपि दोस्रो हाफको ५९औं मिनटमा जुडे बेलिंघमले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि डर्टमुण्ड दश खेलाडीमा खुम्चिएको थियो । तर पनि त्यसको नौ मिनट लगतै हालण्डले नै व्यक्तिगत दोस्रो तथा अन्तिम गोल गर्दै डर्टमुण्डको जित पक्का गरेका थिए ।

यो जितसँगै ३१ खेलबाट ५५ अंक जोडेको डर्टमुण्ड पाँचौं स्थानमा छ र चौथो स्थानको टोली फ्रांकफर्टभन्दा एक अंकले मात्र पछाडी छ । स्मरणीय छ, फ्रांकफर्टले शनिबार नै बायर लेभरकुसेनसँग १–३ को हार बेहोरेको थियो ।

फ्रांकफर्टको त्यो हारले भने डर्टमुण्डलाई केही फाईदा पुगेको छ । त्यस्तै डर्टमुण्डसँग पराजित भएको वुल्फसबर्ग भने ५७ अंकका साथ तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...