जित नजिक पुगेर रोकियो लिभरपुल (भिडियोसहित)

एजेन्सी । खेलको शुरुवात मै लिएको अग्रतालाई इन्जुरी समयसम्म जोगाउन नसक्दा साविक विजेता लिभरपुलले इङलिस प्रिमियर लिगमा शनिबार न्युक्यासल युनाइटेडसँग १–१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ ।

यस सिजन शिर्ष चारमा पर्न पनि निकै संघर्ष गरिरहेको लिभरपुललाई आगामी सिजन च्याम्पियन्स लिगमा छनौट हुनका लागि शनिबारको खेल महत्वपुर्ण पनि थियो । खेलको तेस्रो मिनटमै मोहमद सलाहको गोलबाट अग्रता बनाएको रेडसले त्यसलाई इन्जुरी समयमा जोगाउन सकेन ।

उता वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका न्युक्यासलका जोय विलकले इन्जुरी समयको ९०+५औं मिनटमा गोल फर्काउँदै पाहुना टोलीलाई सम्भावित हारबाट जोगाएको थिए भने लिभरपुलसँग महत्वपूर्ण अंक खोस्न पनि सफल भएका थिए ।

यो नतिजासँगै ३३ खेलबाट ५४ अंक जोडेको लिभरपुल लिगतालिकाको छैटौं स्थानमा छ । र चौथो स्थानको टोली चेल्सी भन्दा ४ अंकले पछाडी छ । उता न्युक्यासल भने ३६ अंकका साथ १५औं स्थानमा छ र रेलिगेशन क्षेत्रभन्दा विस्तारी माथी उक्लिंदै छ ।


प्रतिक्रिया दिनुहोस

Loading...