आत्मघाती गोलले हा–यो आर्सनल (भिडियोसहित)

एजेन्सी । आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनौट हुन संघर्ष गरिरहेको आर्सनलले इङलिस प्रिमियर लिगमा शुक्रबार राती इभर्टनसँग निराशाजनक हार बेहोरेको छ ।

घरेलु मैदान इमिरेटस स्टेडियममा भएको खेलमा आर्सनलले इभर्टनसँग ०–१ को हार बेहोरेको हो । खेलमा आर्सनल आत्मघाती गोलले हार्न पुग्यो । ७६औं मिनटमा रिचार्लीसनको गोल प्रयास क्लियर गर्ने क्रममा आर्सनलका बर्न लेनोले आत्मघाती गोल गर्न पुगेका थिए ।

जुन आत्मघाती गोल नै खेलको टर्निङ प्वाइन्ट र निर्णायक गोल पनि बन्यो । यो हारसँगै ३३ खेलबाट ४६ अंक जोडेको आर्सनल लिगतालिकाको नवौं स्थानमा छ र आगामी सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना थप कठिन भइदिएको छ । उता जित हात पारेको इभर्टन भने ३२ खेलबाट ५२ अंकका साथ आठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...