एटलेटिकोलाई सपष्ट अग्रता (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ बुधबार राती महत्वपूर्ण जित निकाल्दै लिगतालिकाको शिर्ष स्थानमा फर्किएको एटलेटिको मेड्रिडले दोस्रो स्थानको टोली रियल मेड्रिडमाथि तीन अंकको स्पष्ट अग्रता पनि बनाएको थियो ।

बुधबार राती एटलेटिकोले हुस्कालाई २–० ले हरायो र महत्वपूर्ण तीन अंक बटुल्यो । एटलेटिकोको जितमा पहिलो हाफको ३९औं मिनटमा एन्जल कोरेले गोलको खाता खोले । त्यस्तै दोस्रो गोल भने ८०औं यानिक कोरास्कोले गरे ।

यो जितसँगै ३२ खेलबाट ७३ अंक जोडेको एटलेटिको शिर्ष स्थानमा फर्किएको छ । रियल ७० अंकका साथ दोस्रो स्थानमा छ । त्यस्तै बुधबार नै गेटाफेलाई ५–२ ले हराएको बार्सिलोना एक खेल कम खेल्दै ६८ अंकका साथ तेस्रो स्थानमा छ ।

उता एटलेटिकोसँग पराजित हुन पुगेको हुस्का भने २७ अंकका साथ रेलिगेशन क्षेत्रको १८औं स्थानमा संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...