रियलको सहज जितमा बेन्जेमाको दुई गोल (भिडियोसहित)

एजेन्सी । फ्रेन्च स्टार करिम बेन्जेमाले दुई गोल गरेको खेलमा स्पेनिस ला लिगातर्फ रियल मेड्रिडले बुधबार राती काडिजमाथि ३–० को सहज जित निकालेको छ । साथै यो जितसँगै रियल शिर्ष स्थानमा समेत उक्लिएको छ ।

काडिजको घरेलु मैदानमा सम्पन्न खेलमा रियलले तीनै गोल पहिलो हाफमा गर्दै जित सुनिश्चित गरेको थियो । ३०औं मिनटमा बेन्जेमाले पेनाल्टीबाट रियलका लागि पहिलो गोल गरे ।

त्यसको तीन मिनट लगतै अल्वारो ओड्रिजोलाले रियलका लागि दोस्रो गोल थपे । लगतै ४०औं मिनटमा बेन्जेमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थप्दै पाहुना टोलीको जित पक्का गरे ।

यो जितसँगै ३२ खेलबाट ७० अंक जोड्दै शिर्ष स्थानमा उक्लिएकोल रियल लिग उपाधि होडमा समेत फर्किएको छ । दोस्रो स्थानमा रहेको रियलको शहरी प्रतिद्वन्द्वी एटलेटिको मेड्रिडको पनि समान ७० अंक छ र एक कम खेलेको छ ।

तेस्रो स्थानको टोली सेभियाको ६७ अंक छ । सेभियाले बुधबार राती नै लेभान्टेलाई १–० ले हराएको थियो । त्यस्तै ६५ अंकका साथ बार्सिलोना चौथो स्थानमा छ । यद्यपि बार्सिलोनाले दुई खेल कम खेलेको छ । उता रियलसँग पराजित काडिज भने ३६ अंकका साथ १३औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...