बायर्न लगातार नवौं लिग उपाधि नजिक (भिडियोसहित)

 

एजेन्सी । च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै दुर्भाग्यपुर्ण रुपमा बाहिरिएको बायर्न म्युनिख जर्मन बुण्डेसलिगामा भने लगातार नवौंपटक लिग उपाधि जित्ने संघारमा पुगेको छ ।

मंगलबार राती बायर लेभरकुसेनलाई २–० ले हराएसँगै बायर्नले लिगमा आफूले खेल्न बाँकी रहेको चार खेलमध्ये अब केवल एक खेल जिते मात्र पनि बुण्डेसलिगा च्याम्पियन बन्नेछ ।

बायर्नका लागि खेल शुरु भएको सातौं मिनटमै एरिक म्याक्सिम चुपो–मोटिङले पहिलो गोल गरे । लगतै १३औं मिनटमा जोशुआ किमिचले दोस्रो गोल थप्दै बायर्नको २–० को जित सुनिश्चित गरे ।

यो जितसँगै ३० खेलबाट ७१ अंक जोडेको बायर्न लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । र दोस्रो स्थानको टोली आरबी लिपजिग भन्दा दश अंकले अगाडी छ । लिपजिगले मंगलबार राती नै एफसी कोनसँग २–१ ले पराजित हुँदा बायर्नलाई थप फाईदा पुगेको हो ।

उता बायर्नसँग पराजित हुन पुगेको लेभरकुसेन भने ४७ अंकका साथ छैटौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...