ब्राईटनसँग रोकियो चेल्सी (भिडियोसहित)

एजेन्सी । विवादास्पद युरोपियन सुपर लिगमा सहभागिता जनाउने कुराले समर्थकहरुकै माझ पनि आलोचनाको घेरामा परेको चेल्सीले इङलिस प्रिमियर लिगतर्फ मंगलबार राती बराबरी खेल्न बाध्य भएको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रीजमा सम्पन्न खेलमा चेल्सीले तुलनात्मक रुपमा कमजोर आँकिएको पुछारतिरको टोली ब्राईटन एण्ड होवसँग गोलरहित बराबरी खेल्न बाध्य भएको हो ।

उता खेलको अन्तिमतिर ब्राईटनका बेन ह्वाईटले दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिदा पाहुना टोली दश खेलाडीमा खुम्चिएको थियो । तर त्यसले खेलको नतिजामा भने खासै प्रभाव पारेन ।

यो बराबरी नतिजासँगै ३२ खेलबाट ५५ अंक जोडेको चेल्सी लिगतालिकाको चौथो स्थानमा उक्लिएको छ । उता ब्राईटन भने ३४ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा दुई स्थानमाथि १६औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...