जित नजिक पुगेर पनि रोकियो लिभरपुल (भिडियोसहित)

एजेन्सी । पहिलो हाफमा लिएको गोलको अग्रता अन्तिम केही मिनट जोगाउन नसक्दा साविक विजेता लिभरपुल इङलिस प्रिमियर लिगतर्फ सोमबार राती लिड्स युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको छ ।

लिडसको घरेलु मैदान इलान रोडमा सम्पन्न खेलको ३१औं मिनटमा साडियो मानेको गोलबाट लिभरपुलले खेलमा अग्रता बनाएको थियो । तर त्यो अग्रता खेलको अन्तिम मिनट रेडसले जोगाउन सकेन ।

खेलको ८७औं मिनटमा लिडसका डिएगो लोरेन्टेले गरेको गोलसँगै खेल रोमाञ्चक रुपमा १–१ को बराबरीमा रोकिन पुगेको थियो । यो बराबरीपछि ३२ खेलबाट ५३ अंक जोडेको लिभरपुल छैंटौं स्थानमा छ । र पाँचौं स्थानको टोली चेल्सी भन्दा एक अंकले पछाडी छ ।

यद्यपि चेल्सीले एक खेल कम खेलेको छ । उता लिभरपुललाई बराबरीमा रोक्न सफल लिडस भने ४६ अंकका साथ दशौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...