लेस्टर र चेल्सीको फाइनल भेट पक्का (भिडियोसहित)

एजेन्सी । प्रतिष्ठित इङलिस एफए कपको फाइनलमा लेस्टर सिटी एफसी र चेल्सी एफसी भिड्ने पक्का भएको छ । आइतबार राती साउथाम्पटनलाई १–० ले हराउँदै लेस्टरले चेल्सीसँगको भेट पक्का गरेको हो ।

वेम्बली स्टेडियममा ४ हजार दर्शकमाझ भएको प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनल भिडन्तमा लेस्टरका लागि ५५औं मिनटमा केलेची लिनाचोले गरेको एक मात्र गोल टोलीलाई उपाधि नजिक पु–याउन प्रर्याप्त बन्यो ।

फाइनलमा लेस्टरले १५ मईका दिन वेम्बली रंगशालामा चेल्सीसँग उपाधिका लागि भिड्ने छ । चेल्सीले शनिबार मात्र दावेदार मानिएको म्यानचेष्टर सिटीलाई समान १–० ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...