फराकिलो जितका साथ एटलेटिकोको शिर्षता (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ लिगलिडर एटलेटिको मेड्रिडले आइबारमाथि ५–० को फराकिलो जित निकाल्दै आफ्नो शिर्षतालाई कायम राखेको छ ।

एटलेटिकोका लागि खेलको ४२ र ४४औं मिनटमा एन्जल कोरेले लगातार दुई गोल गर्दै टोलीलाई पहिलो हाफसम्म २–० को अग्रता दिलाएका थिए । दोस्रो हाफ शुरु भएको चौथो मिनट मै यानिक कारास्कोले एटलेटिकोको त्यो अग्रता दोब्बर पारे ।

खेलमा एटलेटिको त्यति मै रोकिएन । ५३ र ६८औं मिनटमा मार्कस लोरेन्टेले लगातार दुई गोल गर्दै टोलीको एकतर्फी जित पक्का गरेका थिए । यो जितसँगै ३१ खेलबाट ७० अंक जोडेको एटलेटिको शिर्ष स्थानमा छ ।

एक खेल कम खेलेको एटलेटिकोको शहरी प्रतिद्वन्द्वी रियल मेड्रिड ६६ अंकका साथ दोस्रो स्थानमा छ र आइतबार राती नै गेटाफेको सामना गर्दैछ । उता एटलेटिकोसँग पराजित आइबर भने २३ अंकका साथ लिगतालिकाको पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...