ओल्ड ट्राफोर्डमा म्यानचेष्टरको सहज जित (भिडियोसहित)

एजेन्सी । १९ बर्षिय स्टार मेसन ग्रीनवुडले दुई गोल गरेको खेलमा इङलिस प्रिमियर लिगतर्फ आइतबार राती म्यानचेष्टर युनाइटेडले बर्नलीलाई ३–१ ले हराएको छ । साथै लिगलिडर म्यानचेष्टर सिटीसँगको दुरी पनि ८ अंकमा छोट्याएको छ ।

ओल्ड ट्राफोर्डमा ग्रीनवुडले दोस्रो हाफ शुरु भएको तीन मिनट लगतै पहिलो गोलको खाता खोलेका थिए । यद्यपि ५०औं मिनटमा बर्नलीका लागि जेम्स टर्कोस्कीले बराबरी गोल फर्काउन सफल भएका थिए । तर त्यो बराबरी गोलको नतिजा बर्नलीले अन्तिम समय जोगाउन सकेन ।

खेलको अन्तिमतिर ८४औं मिनटमा ग्रीनवुडले नै म्यानचेष्टरका लागि दोस्रो गोल थपे भने इन्जुरी समयमा इडिन्सन कावानीले तेस्रो गोल गर्दै रेड डेविल्सको सहज जित पक्का गरेका थिए ।

यो जितसँगै ३२ खेलबाट ६६ अंक जोडेको युनाइटेड लिगतालिकाको दोस्रो स्थानमा यथावत छ । ७४ अंकका साथ शिर्ष स्थानमा म्यानचेष्टर सिटी रहेको छ । त्यस्तै पराजित बर्नली भने ३३ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थानमाथि १७औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...