एटलान्टासँग हार्यो युभेन्टस (भिडियोसहित)

एजेन्सी । चोटका कारण आफ्ना स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो बिना उत्रिएको युभेन्टसले आइतबार इटालियन सिरि ए तर्फ एटलान्टासँग उसकै घरमा १–० को हार बेहोरेको छ ।

खेलको अन्तिमतिर ८७औं मिनटमा रुस्लान मलिनोवस्कीले गरेको एक मात्र गोल एटलान्टालाई महत्वपुर्ण तीन अंक दिलाउन प्रर्याप्त बन्यो । यो जितसँगै एटलान्टाले लिगतालिकामा युभेन्टसलाई उछिन्दै ६४ अंकका साथ तेस्रो स्थानमा समेत उक्लियो ।

साथै एटलान्टा आइतबार नै जिनोआलाई २–१ ले हराएको दोस्रो स्थानको टोली एसी मिलान भन्दा २ अंकले मात्र पछाडी छ । उता स्तब्धपुर्ण हार बेहोरेको साविक विजेता युभेन्टस भने ६२ अंकका साथ चौथो स्थानमा छ । र युभेन्टसको आगामी सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना पनि खतरामा परेको छ ।

एक खेल कम खेलेको नापोली युेन्टस भन्दा ३ अंकले पछाडी छ । नापोलीले आफ्नो आगामी खेल जित्न सके युभेन्टसँगको अंक समेत बराबरी गर्नेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...