चेल्सी फाइनलमा, सिटीको ऐतिहासिक सफलता हात पार्ने योजना समाप्त (भिडियोसहित)

एजेन्सी । लण्डन क्लब चेल्सी प्रतिष्ठित इङलिस एफए कपको फाइनलमा प्रवेश गर्न सफल भएको छ । वेम्बली स्टेडियममा भएको सेमिफाइनल भिडन्तमा चेल्सीले दावेदार मानिएको म्यानचेष्टर सिटीलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

चेल्सीका लागि दोस्रो हाफको ५५औं मिनटमा हाकिम जियचले गरेको एक मात्र गोल निर्णायक बन्यो । त्यो गोलका लागि जर्मन स्टार टिमो वेर्नरले पास मिलाइदिएका थिए ।

यो हारसँगै सिटीको यस सिजन चार उपाधि जित्ने ऐतिहासिक योजना पनि समाप्त भएको छ । स्मरण रहोस, सिटी र चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनलमा पनि पुगिसकेका छन् । त्यस्तै सिटी इङलिस प्रिमियर लिगको उपाधि नजिक समेत छ भने लिग कपको फाइनलमा टोटेनह्यामसँग खेल्ने तय भइसकेको छ ।

एफए कपको दोस्रो सेमिफाइनलमा आज राती लेस्टर सिटी र साउथाम्पटन भिड्दै छन् । यी दुई टोलीबीचको विजेतासँग चेल्सीले १५ मईका दिन एफए कपको फाइनल खेल्नेछ । फाइनल खेल पनि वेम्बली स्टेडियम मै हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...