मेसीको डबल स्ट्राइकसँगै बार्सालाई कोपा डेल रे को उपाधि (भिडियोसहित)

एजेन्सी । खेलमा १२ मिनटको अन्तरालमा चार गोल गरेको बार्सिलोनाले एथलेटिक बिल्बाओलाई शुन्यका विरुद्ध ४ गोलले हराउँदै प्रतिष्ठित कोपा डेल रे को उपाधि जित्न सफल भएको छ । समग्रमा बार्सिलोनाको यो ३१औं कोपा डेल रे उपाधि समेत हो ।

सेभिलेमा भएको फाइनल भिडन्तमा खेलको ६०औं मिनटसम्म गोल गर्न नसक्दा बार्सा निराश बनेको थियो । तर त्यसपछि आक्रमक बनेको क्याटलन जायन्टका लागि ६०औं मिनटमा एन्टोइन ग्रीजम्यानले पहिलो गोल गरे भने त्यसको तीन मिनट लगतै फ्रेन्की डि जोंगले दोस्रो गोल थपेका थिए ।

लगतै ६८ र ७२औं मिनटमा अर्जेन्टिनी स्टार लियोनल मेसीले लगातार दुई गोल थप्दै टोलीको शानदार जित पक्का गरेका थिए । बार्सिलोनाको जिम्मेवारी सम्हाले यता रोनाल्ड कोमनको पनि यो पहिलो उपाधि समेत थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...