एक सिजन मै प्रिमियर लिगमा फर्कियो नर्विच

एजेन्सी । सिजन २०१९–२० मा मात्र प्रिमियर लिगबाट च्याम्पियनसिपमा रेलिगेट हुन पुगेको नर्विच सिटी फुटबल क्लब एक सिजन लगतै फेरि प्रिमियर लिगमा बढुवा भएको छ ।

प्रिमियर लिगमा नर्विचको यो समग्रमा पाँचों प्रोमोशन समेत हो । च्याम्पियनसिपतर्फ महत्वपुर्ण मानिएको खेलमा ब्रेन्टफोर्ड र स्वान्सीले बराबरी खेलेपछि नर्विच प्रिमियर लिगमा बढुवा हुन सफल भएको हो ।

च्याम्पियनसिपमा ४१ खेलबाट ९० अंक जोडेको नर्विच शिर्ष स्थानमा छ र च्याम्पियनसिप उपाधि जित्ने संघारमा छ । शनिबार राती नर्विचले बर्नमाउथलाई हराउन सके थप लिग उपाधि नजिक पुग्नेछ ।

च्याम्पियनसिप लिगको दोस्रो स्थानमा ८२ अंकका साथ वाटफोर्ड छ । यद्यपि वाटफोर्डले एक खेल बढी समेत खेलेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...