च्याम्पियन्स लिग सेमिफाइनलः चेल्सीलार्इै रियल, सिटीलाई पिएसजी प्रतिद्वन्द्वी

एजेन्सी । प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगमा बुधबार राती भएका क्वाटरफाइनलका दुई खेलहरुसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

बुधबार राती डर्टमुण्डमा भएको खेलमा म्यानचेष्टर सिटीले घरेलु प्रतिद्वन्द्वी बोरुसिया डर्टमुण्डलाई २–१ ले हरायो । र समग्रमा ४–२ को जितसँगै सेमिफाइनल यात्रा तय गर्यो । सिटीले पहिलो लेगमा पनि डर्टमुण्डलाई समान गोल अन्तरले हराएको थियो ।

सिटीले सेमिफाइनलमा गत संस्करणको उपविजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) को सामना गर्नेछ । पिएसजीले मंगलबार राती मात्र साविक विजेता बायर्न म्युनिखलाई अवे गोलका आधारमा हराउँदै लगातार दोस्रोपटक सेमिफाइनल यात्रा तय गर्न सफल भएको थियो ।

रियल पनि सेमिफाइनलमा

त्यस्तै सर्वाधिक १३ पल्टको च्याम्पियन रियल मेड्रिड पनि च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको छ । बुधबार राती एनफिल्डमा भएको क्वाटरफाइनलतर्फको दोस्रो लेगमा लिभरपुलसँग गोलरहित बराबरी खेलेको रियलले समग्रमा ३–१ को जित निकाल्दै ेमिफाइनल यात्रा तय गर्यो ।

त्यसअघि रियलले पहिलो लेगतर्फ आफ्नै घरेलु मैदानमा सम्पन्न क्वाटरफाइनल भिडन्तमा लिभरपुलमाथि ३–१ को जित निकालेको थियो । जुन जित नै दोस्रो लेगमा पनि रियलका लागि निर्णायक बन्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...