हारका बावजुद चेल्सी पनि सेमिफाइनलमा (भिडियोसहित)

एजेन्सी । मंगलबार राती नै सम्पन्न अर्को क्वाटरफाइनलमा लण्डन क्लब चेल्सीले पनि हारका बावजुद च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा तय गरेको छ । स्पेनको सेभिलेमा सम्पन्न दोस्रो लेगको खेलमा चेल्सीले एफसी पोर्टोसँग ०–१ को हार बेहो–यो ।

यद्यपि पहिलो लेगमा हात पारेको २–० को जितका कारण चेल्सी समग्रमा २–१ को अग्रताका साथ अन्तिम चारमा प्रवेश गर्न सफल भयो । खेलमा पोर्टोका लागि अन्तिमतिर इन्जुरी समयमा इरानीयन फरवार्ड मेहदी तारेमीले एक मात्र गोल गरे । तर त्यो गोल पोर्चुगिज क्लबका लागि प्रर्याप्त बनेन ।

यो जितसँगै चेल्सीले इङलिस क्लबको इतिहास मै सर्वाधिक आठ पल्ट च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । चेल्सीले सेमिफाइनलमा अब लिभरपुल वा रियल मेड्रिडको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...