बायर्नलाई नकआउट गर्दै पिएसजी सेमिफाइनलमा (भिडियोसहित)

एजेन्सी । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख प्रतिष्ठित च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ । मंगलबार राती भएको दोस्रो लेगको खेलमा बायर्नले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १–० ले हराए तापनि अवे गोलका आधारमा पिएसजी सफल बन्यो ।

स्मरण रहोस, यसअघि बायर्नको घरेलु मैदानमा सम्पन्न खेलमा पिएसजीले ३–२ ले जित हात पारेको थियो । मंगलबार राती दोस्रो लेगमा पिएसजी पराजित हुँदा फाइनल स्कोर ३–३ बन्न पुगेको थियो । तर पिएसजीले पहिलो लेगमा गरेको तीन अवे गोल फ्रेन्च च्याम्पियनलार्य महत्वपुर्ण बन्न पुग्यो ।

मंगलबारको खेलमा बायर्नका लागि ४०औं मिनटमा चुपो मोटिङले एक मात्र निर्णायक गोल गरेका थिए । तर पनि बायर्न दुर्भाग्यपुर्ण रुपमा प्रतियोगिताबाट बाहिरिन पुगेको छ । यो जितसँगै पिएसजीले बायर्नमाथि गत सिजनको बदला लिन पनि सफल भएको छ । स्मरण रहोस, गत सिजनको फाइनलमा बायर्नले पिएसजीलाई नै हराएर उपाधि जितेको थियो ।

साथै यो जितसँगै पिएसजी लगातार दोस्रोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न समेत सफल भएको छ । पिएसजीले अब सेमिफाइनलमा जर्मन क्लब बोरुसिया डर्टमुण्ड वा इङलिस जायन्ट म्यानचेष्टर सिटीलाई प्रतिद्वन्द्वीका रुपमा पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...