स्पेनिस ला लिगाको उपाधि होड खुला (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ आइतबार लिगलिडर एटलेटिको मेड्रिडले रियल बेटिससँग १–१ को बराबरी खेलेपछि लिगमा शिर्ष तीन टोलीहरुको उपाधि होड खुला बनेको छ ।

खेल शुरु भएको पाँचौं मिनटमै यानिक कोरास्कोको गोलबाट अग्रता बनाएको एटलेटिकोले त्यसलाई धेरैबेर जोगाउन सकेन । २०औं मिनटमा बेटिसका लागि क्रिष्टियन टेलोले गोल फर्काउँदा एटलेटिको निराश बन्न पुगेको थियो ।

यो बराबरी नतिजासँगै लिगको उपाधि होड भने खुला बनेको छ । ३० खेलबाट ६७ अंक जोडेको एटलेटिको शिर्ष स्थानमा उक्लिए तापनि दोस्रो स्थानको रियल मेड्रिड भन्दा १ अंकले मात्र अगाडी छ ।

उता तेस्रो स्थानको टोली बार्सिलोनाको ६५ अंक छ । त्यस्तै चौथो स्थानमा रहेको सेभियाको ५८ अंक छ भने एटलेटिकोसँग बराबरी खेलेको बेटिस ४७ अंकका साथ छैंटौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...