आर्सनलको तीन गोल, तीन अंक (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ आर्सनलले पनि शनिबार राती शेफिल्ड युनाइटेडमाथि उसकै घरमा ३–० को प्रभावशाली जित हात पारेको छ ।

आर्सनलको जितमा अलेक्जेन्डर लाकाजेट्टीले दुई गोल गरे । उनले खेलको ३३औं मिनटमा आर्सनलका लागि पहिलो गोल गरेका थिए । थप दुई गोल भने दोस्रो हाफमा मात्र सम्भव भयो ।

७१औं मिनटमा ग्याब्रिल मार्टिनेलीले दोस्रो गोल थपे भने ८५औं मिनटमा लाकाजेट्टीले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थप्दै पाहुना टोलीलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए ।

यो जितपछि ३१ खेलबाट ४५ अंक जोडेको आर्सनल लिगतालिकाको नवौं स्थानमा उक्लिएको छ । उता पराजित शेफिल्ड युनाइटेड भने १४ अंकका साथ रेलिगेशन क्षेत्रको पुछारमा संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...