टोटेनह्याम विरुद्ध म्यानचेष्टरको उत्कृष्ट पूनःरागमन (भिडियोसहित)

एजेन्सी । शुरुवाती गोल खाएर पछि परेको स्थिति उल्टाउँदै म्यानचेष्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा सोमबार राती टोटेनह्याम हटसपरलाई उसकै घरमा ३–१ ले हराएको छ ।

पहिलो हाफको ४०औं मिनटमा ह्युङ मिन–सोनले गोल गर्दै टोटेनह्यामलाई खेलमा अग्रता दिलाएका थिए । तर घरेलु टोलीले त्यो अग्रता पहिलो हाफसम्म मात्र जोगाउन सक्यो ।

दोस्रो हाफमा उत्कृष्ट पूनःरागमन गरेको म्यानचेष्टरका लागि ५७औं मिनटमा फ्रेडले बराबरी गोल फर्काए । ७९औं मिनटमा इडिन्सन कावानीले दोस्रो गोल गरे भने अन्तिमतिर इन्जुरी समयमा मेसन ग्रीनवुडले तेस्रो गोल थप्दै रेड डेविल्सको शानदार जित सुनिश्चित गरे ।

यो जितसँगै ३१ खेलबाट ६३ अंक जोडेको म्यानचेष्टर दोस्रो स्थानमा यथावत छ । र लिगलिडर म्यानचेष्टर सिटी भन्दा ११ अंकले पछाडी छ । यद्यपि सिटीले एक खेल बढी समेत खेलेको छ । उता पराजित टोटेनह्याम भने ३१ खेलबाट ४९ अंकका साथ सातौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...