मिलानको जितमा ज्लाटनलाई रातो कार्ड (भिडियोसहित)

एजेन्सी । इटालियन सिरि ए तर्फ शनिबार एसी मिलानले पार्मामाथि ३–१ को जित निकाल्दा स्वीडीस स्टार ज्लाटन इब्राहिमोविचले भने रातो कार्डको सामना गरेका छन् ।

खेलको आठौं मिनटमा आन्टे रेबिकको गोलबाट मिलानले खेलमा अग्रता बनाएको थियो । ४४औं मिनटमा फ्रान्क केसीले मिलानको त्यो अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २–० को अग्रता बनाएको मिलान दोस्रो हाफमा भने केही दबाबमा पर्न पुग्यो । ६०औं मिनटमा ज्लाटनले रेफ्रीलाई केही भनेपछि उनले सोझै रातो कार्ड खान पुगेका थिए ।

जसको फाईदा पार्माले उठायो । ६६औं मिनटमा रिकार्डो गाग्लोले पार्माका लागि पहिलो गोल फर्काएृ । तर खेलको अन्तिमतिर इन्जुरी समयमा मिलानका लागि राफेल लिआओले तेस्रो गोल थपेपछि पार्माको खेलमा फर्किने सपना समाप्त भएको थियो ।

यो जितसँगै ३० खेलबाट ६३ जोडेको मिलान दोस्रो स्थानमा छ र लिगलिडर इन्टर भन्दा ८ अंकले पछाडी छ । इद्यपि इन्टरले एक खेल कम समेत खेलेको छ । उता पराजित पार्मा भने २० अंकका साथ रेलिगेशन क्षेत्रको १९औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...