स्ट्रासबर्गमाथि पिएसजीको प्रभाव (भिडियोसहित)

एजेन्सी । फ्रेन्च लिग वानतर्फ साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शनिबार राती स्ट्रासबोर्गमाथि ४–१ को प्रभावशाली जित निकालेको छ ।

पिएसजीको जितमा खेल शुरु भएको १६औं मिनटमै काइलन एम्बाप्पेले गोलको खाता खोलेका थिए । २७औं मिनटमा पाब्लो सरबियाले त्यो अग्रता दोब्बर पारे । ४५औं मिनटमा मोइसे किनले तेस्रो गोल गर्दा टोलीले पहिलो हाफ मै ३–० को अग्रता बनाउन सफल भएको थियो ।

उता ६३औं मिनटमा डियोन मोइसे साहीले स्ट्रासबर्गका लागि एक गोल फर्काए । तर स्ट्रासबर्गको त्यो गोलको खुशी पनि धेरैबेर टिक्न सकेन । ७९औं मिनटमा लियान्ड्रो पेरिडेसले चौथो गोल थप्दा पिएसजीको जित पक्का गरेका थिए ।

यो जितसँगै ३२ खेलबाट ६६ अंक जोडेको पिएसजी दोस्रो स्थानमा छ र लिगलिडर लिलेमाथि दबाब कायम राखेको छ । लिले भने ६९ अंकका साथ शिर्ष स्थानमा यथावत छ । उता पराजित स्ट्रासबर्ग भने ३६ अंकका साथ १४औं स्थानमा झरेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...