१३ बर्षपछि एल क्लासिकोमा रियलले पाएको सुनौलो सफलता (भिडियोसहित)

एजेसी । स्पेनिस ला लिगाको दोस्रो एल क्लासिकोमा आइतबार राती रियल मेड्रिडले बार्सिलोनामाथि २–१ को रोमाञ्चक जित निकाल्यो । साथै त्यो जितसँगै रियलले १३ बर्ष अघि हात पारेको सुनौलो सफलता दोहो–याउन समेत सफल भयो ।

अर्थात एकै सिजन लिगको दुई एल क्लासिको जित्न रियल सफल भयो । ला लिगातर्फ रियलले यसै सिजनको पहिलो एल क्लासिकोमा पनि बार्सालाई ३–१ ले हराएको थियो । स्मरण रहोस, रियलले अन्तिमपटक एल क्लासिकोमा दोहोरो सफलता सन् २००७–०८ को सिजनमा हात पारेको थियो ।

आइतबार राती रियलको घरेलु मैदानमा सम्पन्न खेलमा रियलले पहिलो हाफ मै गरेको दुई निर्णायक बन्यो । खेलको १३औं मिनटमा करिम बेन्जेमाले रियलका लागि पहिलो गोल गरे । २८औं मिनटमा टोनी क्रुसले त्यो अग्रता दोब्बर ारे । जुन निर्णायक गोल पनि बन्यो ।

उता बार्सिलोनाका लागि ६०औं मिनटमा ओस्कार मिंगेजाले एक गोल फर्काए तापनि टोलीको हार टार्न सकेनन् । त्यस्तै खेलको अन्तिमतिर रियलका केसेमिरोले रातो कार्ड खाँदै मैदान छाड्दा घरेलु टोली अन्तिम समय दश खेलाडीमा पनि खुम्चिएको थियो । तर त्यसले खेलको नतिजामा भने खासै प्रभाव पारेन ।

यो जितसँगै रियल ३० खेलबाट ६६ अंकका साथ लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । उता पराजित बार्सिलोना भने ६५ अंकका साथ तेस्रो स्थानमा छ । त्यसैगरी एक खेल कम खेलेको एटलेटिको पनि रियलसँगै समान ६६ अंकका साथ दोस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...