लिभरपुलको कठिन जितमा आर्नोल्ड निर्णायक (भिडियोसहित)

एजेन्सी । साविक विजेता लिभरपुलले इङलिस प्रिमियर लिगमा शनिबार कठिन जित निकाल्ने क्रममा एस्टन भिल्लालाई २–१ ले हराएको छ ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलको ४३औं मिनटमा ओले वाटकिन्सको गोलबाट भिल्लाले खेलमा अग्रता लिएको थियो । तर पाहुना टोलीले दोस्रो हाफमा दुई गोल खायो ।

५७औं मिनटमा मोहमद सलाहले बराबरी गोल फर्काए भने खेल बराबरीतर्फ नै लम्किरहेका बेला अन्तिमतिर इन्जुरी समयको पहिलो मिनटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डले लिभरपुलका लागि निर्णायक गोल गर्दै टोलीलाई तीन अंक दिलाए ।

यो जितपछि ३१ खेलबाट ५२ अंक जोडेको लिभरपुल लिगतालिकाको चौथो स्थानमा छ । उता पराजित भिल्ला भने १ खेल कम खेल्दै ४४ अंकका साथ दशौं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...