चयाम्पियन्स लिगको क्वाटरफाइनलमा दुई फाइनलिस्टको भिडन्त

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलतर्फ आज राती पहिलो लेगमा गत सिजनका दुई फाइनलिस्ट बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्दै छन् । गत सिजन फाइनलमा बायर्नले पिएसजीलाई १–० ले हराउँदे उपाधि जित्न सफल भएको थियो ।

आज आलियान्ज एरिनामा हुने खेल घरेलु टोली बायर्नका लागि केही दबाबपुर्ण हुने देखिएको छ । बायर्नका प्रेरणादायी स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्की चोटका कारण मैदानमा उत्रिने छैनन् । त्यस्तै मार्क रोकाले पनि नखेल्ने निश्चित छ । सर्जे नेब्री पनि चोटिल छन् । नेब्री पनि आज मैदानमा नउत्रिए उनको स्थान लेरोए सानेले लिने बताइएको छ ।

उता पिएसजीको अग्रपंक्तिमा ब्राजिलियन सुपरस्टार नेमार र काइलन एम्बाप्पेको साथ रहँदा फ्रेन्च टोली उत्साहित पनि छ । पिएसजीका म्यानेजर मौरिसियो पोचेटिनो बायर्नको च्याम्पियन्स लिगमा १९ खेलसम्मको अपराजित यात्रा तोड्ने दाउमा समेत छन् ।

गत सिजन प्रतिस्पर्धात्मक फाइनलमा बेहोरेको हारको बदला लिने अवसर पनि पिएसजीसँग छ । त्यस्तै आज राती नै हुने अर्को क्वाटरफाइनलमा लण्डन क्लब चेल्सीले पोर्चुगिज क्लब एफसी पोर्टोसँग स्पेनको सेभिलेमा खेल्ने कार्यक्रम पनि छ ।


प्रतिक्रिया दिनुहोस

Loading...