च्याम्पियन्स लिग क्वाटरफाइनलः सिटीको कठिन जित (भिडियोसहित)

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा मंगलबार राती लिभरपुलले रियलसँग हार बेहोरेको दिन अर्को इङलिस क्लब म्यानचेष्टर सिटीले भने बोरुसिया डर्टमुण्डमाथि २–१ को कठिन जित निकालेको छ ।

सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले जित हात पार्न अन्तिम मिनटसम्म संघर्ष गर्नुपर्यो । यद्यपि खेलमा अग्रता भने सिटीले नै बनाएको थियो ।

केविन डि ब्रुईनले सिटीका लागि १९औं मिनटमा पहिलो गोल गरेका थिए । यद्यपि ८४औं मिनटमा मार्को रियुसले डर्टमुण्डका लागि बराबरी गोल फर्काउँदा सिटी केही हतासिन पुगेको थियो ।

तर पनि सिटीले खेलको अन्तिम मिनटमा नाटकीय अग्रता बनायो । ९०औं मिनटमा फिल फोडेनले सिटीका लागि दोस्रो तथा निर्णायक गोल गर्दै घरेलु टोलीलाई कठिन जित दिलाउन सफल भए ।

अब दोस्रो लेगको खेल १४ अप्रिलका लागि डर्टमुण्डको घरेलु मैदानमा हुनेछ । जहाँ खेल दुवै टोलीका लागि थप महत्वपूर्ण र कडा प्रतिस्पर्धात्मक भईदिने धेरैले अनुमान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...