पहिलो लेगमा रियलसँग हार्यो लिभरपुल (भिडियोसहित)

एजेन्सी । प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलतर्फ पहिलो लेगमा स्पेनिस जायन्ट रियल मेड्रिडले लिभरपुलमाथि ३–१ को प्रभावशाली जित निकालेको छ ।

रियलको घरेलु मैदानमा सम्पन्न खेलमा ब्राजिलियन स्टार भिनिसियस जुनियरको नाममा दुई गोल रह्यो । भिनिसियसले खेलको २७औं मिनटमा पहिलो गोल गरे । ३६औं मिनटमा मार्को असेन्सियोले त्यो अग्रता दोब्बर पारे ।

त्यस्तै दोस्रो हाफको ५१औं मिनटमा मोहमद सलाहले लिभरपुलका लागि पहिलो गोल फर्काउँदै रेडस हौंसिएको थियो । यद्यपि ६५औं मिनटमा भिनिसियसले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै रियलको जित पक्का गरेका थिए ।

अब दोस्रो लेगको खेल १४ अप्रिलका लागि लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ । खेलमा लिभरपुललाई फर्कन केही कठिन देखिए तापनि रेडससँग अवे गोलको फाईदा भने रहनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...