रोनाल्डोको दुई गोलसँगै तेस्रो स्थानमा उक्लियो युभेन्टस

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि साविक विजेता युभेन्टसले इटालियन सिरि ए तर्फ सोमबार राती पुछारको टोली क्रोटोने विरुद्ध ३–० को सहज जित निकालेको छ ।

रोनाल्डोले गरेको दुवै गोल हेड गोल समेत थियो । उनले पहिलो गोल ३८औं मिनटमा एलेक्स सान्ड्रोको क्रस पासमा गरे । त्यस्तै दोस्रो गोल पहिलो हाफ कै इन्जुरी समयमा एरोन राम्सेको पासमा गरे । तेस्रो गोल भने ६६औं मिनटमा वेस्टन म्याककेनीले गरेका थिए ।

यो दुई गोलसँगै रोनाल्डो लगातार १४औं सिजनसम्म २५ गोल गर्ने खेलाडी समेत बने । यो जितपछि २२ खेलबाट ४५ अंक जोडेको युभेन्टस लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । र लिगलिडर इन्टर भन्दा अझै ८ अंकले पछाडी छ । उता पराजित क्रोटोने भने २३ खेलबाट १२ अंकका साथ पुछारमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...