एजेन्सी । यस सिजन लिग उपाधि जोगाउने अभियानमा समेत रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वातर्फ आइतबार राती मोनाकोसँग ०–२ ले पराजित हुन पुगेको छ ।
पिएसजीको घरेलु मैदानमा सम्पन्न खेलको छैटों मिनटमै सोफियन डियोपको गोलबाट मोनाकोले खेलमा सनसनीपूर्ण अग्रता बनाएको थियो । त्यस्तै दोस्रो हाफतर्फ ५१औं मिनटमा जुलेर्मो मरिपनले मोनाकोका लागि दोस्रो गोल थप्दै पाहुना टोलीको रोमाञ्चक जित पक्का गरेका थिए ।
यो हारपछि २६ खेलबाट ५४ अंक जोडेको पिएसजी लिगतालिकाको तेस्रो स्थानमा छ । र लिगलिडर लिले भन्दा ४ अंकले पछाडी छ । लिलेले आइतबार नै भएको अर्को खेलमा लोरिन्टमाथि ४–१ को जित हात पारेको थियो ।
उता पिएसजीलाई निराश तुल्याएको मोनाको भने ५२ अंकका साथ चौथो स्थानमा छ ।