सिटीका लागि स्टर्लिङको निर्णायक गोल (भिडियोसहित)

एजेन्सी । १५ डिसेम्बर यता प्रिमियर लिगमा अंक नगुमाएको लिगलिडर म्यानचेष्टर सिटीले आइतबार राती आर्सनलमाथि १–० को साँघुरो जित निकाल्दै आफ्नो अपराजित यात्रा र शिर्षतालाई कायम राखेको छ ।

आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेल शुरु भएको दोस्रो मिनट मै रहिम स्टर्लिङले गरेको एक मात्र गोल सिटीलाई तीन अंक दिलाउन प्रर्याप्त बन्यो । साथै सिटीले यो जितसँगै लिगतालिकामा दश अंकको स्पष्ट अग्रता समेत बनाएको छ ।

आइतबारको त्यो जितपछि सिटीको २५ खेलबाट ५९ अंक छ र लिगतालिकाको शिर्ष स्थानमा छ । उता सिटीको शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेड ४९ अंकका साथ दोस्रो स्थानमा छ ।

स्मरण रहोस, म्यानचेष्टर युनाइटेडले आइतबार नै न्युक्यासल युनाइटेडमाटि ३–१ को जित निकालेको थियो । त्यस्तै सिटीसँग पराजित हुन पुगेको आर्सनल भने ३४ अंकका साथ दशौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...