एजेन्सी । इटालियन सिरि ए तर्फ आइतबार मिलान डर्बीमा इन्टर मिलानले शानदार जित हात पार्दै लिगतालिकामा आफ्नो शिर्षतालाई स्पष्ट ४ अंकको अग्रतामा समेत बढाएको छ ।
इन्टरले आइतबार शहरी प्रतिद्वन्द्वी एसी मिलानमाथि ३–० को प्रभावशाली जित निकाल्यो । इन्टरका लागि यस सिजन राम्रो लयमा रहेका लौतारो मार्टिनेजले पाँचौं र ५७औं मिनटमा गरि दुई गोल गरे । त्यस्तै थप एक गोल भने ६६औं मिनटमा बेल्जियन स्टार रोमेलु लुकाकुले गरे ।
यो जितसँगै २३ खेलबाट ५३ अंक जोडेको इन्टर लिगतालिकाको शिर्ष स्थानमा छ । उता पराजित एसी मिलान भने ४९ अंकका साथ लिगतालिकाको दोस्रो स्थानमा छ ।