शिर्ष चार भित्र लेस्टरको उपस्थिति बलियो

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ यस सिजन लेस्टर सिटीले लिगतालिकाको शिर्ष चारमा आफ्नो उपस्थितिलाई बलियो रुपमा पेश गरिरहेको छ । आइतबार एस्टन भिल्ला माथि २–१ को जित निकालेको लेस्टर २५ खेलबाट ४९ अंकका साथ लिगतालिकाको दोस्रो स्थानमा छ ।

लेस्टरको जितमा खेलको १९औं मिनटमा जेम्स मेडिसनले पहिलो गोल गरे । लगतै २३औं हावी बार्नेसले दोस्रो गोल थपे । जुन गोल खेलको निर्णायक गोल पनि बन्यो । उता भिल्लाका लागि दोस्रो हाफ शुरु भएको तेस्रो मिनटमै बरट्रेन्ड ट्राओरेले एक गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् ।

यो जितसँगै लेस्टरले पाँचौं स्थानको लण्डन क्लब चेल्सीसँगको दुरी पनि ६ अंकमा लम्याउन सफल भएको छ । उता पराजित भिल्ला भने २३ खेलबाट ३६ अंकका साथ लिगतालिकाको आठौं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...