लण्डन डर्बीमा टोटेनह्याम हार्यो (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ आइतबार राती टोटेनह्याम हटसपरले शहरी प्रतिद्वन्द्वी वेस्ट ह्याम युनाइटेडसँग १–२ को स्तब्धपुर्ण हार बेहोरेको छ । वेस्ट ह्यामको घरेलु मैदान लण्डन स्टेडियममा भएको खेलको पाँचौं मिनटमै मिचेल एन्टोनियोको गोलबाट वेस्ट ह्यामले खेलमा अग्रता बनाएको थियो ।

४७औं मिनटमा जेसे लिंगार्डले त्यो अग्रता दोब्बर पारे । उता टोटेनह्यामका लागि ६४औं मिनटमा लुकास मुराले एक गोल फर्काए तापनि पाहुना टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलमा टोटेनह्यामका लागि गारेथ बेल र ह्युङ मिन सोनको प्रहार बारमा लाग्नु दुर्भाग्यपुर्ण रह्यो ।

यो जितसँगै २५ खेलबाट ४५ अंक जोडेको वेस्ट ह्याम लिगतालिकाको चौथो स्थानमा पुगेको छ । उता पराजित टोटेनह्याम भने २४ खेलबाट ३६ अंकका साथ लिगतालिकाको नवौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...