बार्सिलोनाको जितको यात्रा रोकियो (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ पछिल्ला सात खेलहरुमा जित हात पारेको बार्सिलोना आइतबार राती भने केडिजसँग १–१ को बराबरीमा रोकिएको छ । घरेलु मैदान क्याम्प नोउमा स्टार फरवार्ड लियोनल मेसीले ३२औं मिनटमा गरेको पेनाल्टी गोलबाट घरेलु टोलीले खेलमा अग्रता लिएको थियो ।

तर खेलको अन्तिमतिर ८९औं मिनटमा एलेक्स फर्नान्डेजले केडिजका लागि बराबरी गोल फर्काएपछि बार्सिलोनाको महत्वपूर्ण तीन अंक बटुल्ने योजना असफल भएको थियो । यो नतिजापछि २३ खेलबाट ४७ अंक जोडेको बार्सिलोना लिगतालिकाको तेस्रो स्थानमा छ ।

यद्यपि चौथो स्थानको टोली सेभियाले सोमबार ओसासुनालाई पराजित गरे सेभियाले बार्सिलोनालाई पछि पार्दै तेस्रो स्थानमा कब्जा जमाउन सफल हुनेछ । उता बार्सिलोनालाई बराबरीमा रोक्न सफल केडिज भने २४ खेलबाट २५ अंकका साथ लिगतालिकाको १४औं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...