सान्चो र हालन्डले गोल गर्दा डर्टमुण्डको सहज जित

एजेन्सी । जेडन सान्चो र इर्लिङ हालन्डले गोल गरेको खेलमा बोरुसिया डर्टमुण्डले जर्मन बुण्डेसलिगातर्फ शनिबार साल्के माथि ४–० को सहज जित निकालेको छ । डर्टमुण्डको जितमा हालन्डको नाममा दुई गोल रह्यो ।

खेलमा गोलको खाता भने ४२औं मिनटमा सान्चोले खोलेका थिए । ४५औं मिनटमा हालन्डले त्यो अग्रता दोब्बर पारे । ६०औं मिनटमा राफेल ग्वेरिरोले तेस्रो गोल थप्दै डर्टमुण्डको अग्रता तेब्बर पारे । त्यस्तै ७९औं मिनटमा हालन्डले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै डर्टमुण्डको सहज जित पक्का गरे ।

यो जितपछि २२ खेलबाट ३६ अंक जोडेको डर्टमुण्ड लिगतालिकाको छैटौं स्थानमा छ । उता पराजित साल्के भने ९ अंकका साथ पुछारमै संघर्षरत छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...