मर्सिसाईड डर्बीमा लिभरपुलको हार (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ शनिबार राती मर्सिसाईड डर्बीका रुपमा भएको रोमाञ्चक भिडन्तमा साविक विजेता लिभरपुलले शहरी प्रतिद्वन्द्वी इभर्टनसँग ०–२ को स्तब्धपुर्ण हार बेहोरेको छ ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा रिचार्लीसन र सिगुर्डसनले गरेको एक–एक गोल नै इभर्टनलाई रेडस विरुद्ध तीन अंक दिलाउन निर्णायक बन्यो । खेल शुरु भएको तेस्रो मिनटमै रिचार्लीसनको गोलबाट इभर्टनले खेलमा अग्रता लिएको थियो ।

खेलको अन्तिमतिर भने इभर्टनले पेनाल्टीको अवसर पाएको थियो । डोमिनिक कलभर्ट लेविनलाई लिभरपुलका ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डले बक्स भित्र फल गर्दा पाएको पेनाल्टीलाई जिल्फी सिगुर्डसनले ८३औं मिनटमा गोलमा परिणत गर्दै पाहुना टोलीलाई महत्वपूर्ण जित दिलाए ।

स्मरण रहोस, इभर्टनको यो २४औं डर्बी भिडन्तमा पहिलो जित समेत थियो । यो जितसँगै २४ खेलबाट ४० अंक जोडेको लिभरपुल सातौं स्थानमा छ । उता एक खेल बढी खेल्दै समान ४० अंक जोडेको लिभरपुल भने गोल भिन्नताका आधारमा छैटौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...