एटलेटिकोलाई चुनौति दिंदै रियल (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ साविक विजेता रियल मेड्रिडले शनिबार राती महत्वपूर्ण जित निकाल्दै लिगलिडर एटलेटिको मेड्रिडसँगको दुरी तीन अंकमा छोट्याएको छ ।

रियलले कमजोर आँकिएको रियल भालाडोलिडमाथि उसकै घरमा १–० को जित निकाल्यो । खेलको ६५औं मिनटमा ब्राजिलियन मिडफिल्डर केसेमिरोले गरेको हेड गोल नै रियललाई तीन अंक दिलाउन प्रर्याप्त बन्यो ।

यो जितसँगै २४ खेलबाट ५२ अंक जोडेको रियल दोस्रो स्थानमा छ । उता लिडलिडर एटलेटिको भने ५५ अंकका साथ शिर्ष स्थानमा छ र रियलले भन्दा एक खेल कम खेलेको छ ।

स्मरण रहोस, एटलेटिकोले शनिबार राती नै भएको खेलमा लेभान्टेसँग २–० को स्तब्धपुर्ण हार बेहोरेको थियो । उता रियलसँग पराजित भालाडोलिड भने २१ अंकका साथ रेलिगेशन क्षेत्रको १९औं स्थानमा झरेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...