माउन्टको गोलले जोगियो चेल्सी (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ शनिबार लण्डन क्लब चेल्सीले साउथाम्प्टनसँग आफ्नो सम्भावित हार टारेको छ । साउथाम्पटनको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीले १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो ।

खेलको ३३औं मिनटमा ताकुमी मिनामिनोको गोलबाट साउथाम्पटनले खेलमा सनसनीपूर्ण अग्रता बनाएको थियो । हाल लिभरपुलबाट साउथाम्पटनमा लोनमा खेलिरहेका मिनामिनोको यो पछिल्ला पाँच खेलहरुमा तेस्रो गोल समेत थियो ।

यद्यपि घरेलु टोलीले त्यो गोलको अग्रता पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो । दोस्रो हाफमा भने चेल्सीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ५४औं मिनटमा मेसन माउण्टले गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यो बराबरीपछि २५ खेलबाट ४३ अंक जोडेको चेल्सी लिगतालिकाको चौथो स्थानमा यथावत छ । र लिगलिडर म्यानचेष्टर सिटी भन्दा १३ अंकले पछाडी छ । उता साउथाम्पटन भने २४ खेलबाट ३० अंकका साथ १३औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...