आर्सनल र बेनफिकाको बराबरी

एजेन्सी । युरोपा लिगको नकआउट चरणतर्फ पहिलो लेगमा आर्सनल र पोर्चुगिज क्लब बेनफिकाले १–१ गोलको बराबरी खेलेका छन् । यो निर्णयसँगै अब दुई टोलीबीचको निर्णायक भिडन्त २५ तारीखका दिन हुने दोस्रो लेग कै खेलमा हुने भएको छ ।

इटालीयन शहर रोममा सम्पन्न पहिलो लेगको खेलतर्फ लुइस फर्नान्डेसको पेनाल्टी गोलबाट खेलमा अग्रता बनाएको थियो । तर त्यसको दुई मिनट लगतै बुकायो साकाले आर्सनलका लागि बराबरी गोल फर्काएका थिए ।

बिहीबार राती नै भएको अर्को खेलमा लेस्टर सिटीले पनि स्लाभिया प्रागसँग पहिलो लेगमा गोलरहित बराबरी खेल्यो । त्यस्तै एसी मिलानले पनि रेड स्टार बेलग्रेडसँग २–२ गोलको बराबरी खेल्यो भने अर्को इटालियन क्लब रोमाले ब्रागालाई २–० ले हरायो ।

त्यस्तै नापोलीले ग्रनाडासँग २–० ले नतिजा सुम्पियो भने एजाक्सले लिलेमाथि २–१ को जित निकाल्यो । स्पेनिस क्लब भिल्लारियलले भने रेडबुल साल्जबर्गमाथि २–० को जित हात पार्न सफल भयो ।

त्यस्तै स्कटिस महारथी रेन्जर्सले एन्टवर्पमाथि ४–३ को जित दर्ता गर्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...