एजेन्सी । युरोपा लिगको नकआउट चरणतर्फ आफ्नो अवे म्याचका रुपमा पहिलो लेगको खेलमा म्यानचेष्टर युनाइटेडले प्रभावशाली जित हात पारेको छ । इटालीको टुरिन स्थित युभेन्टस स्टेडियममा सम्पन्न खेलमा म्यानचेष्टरले रियल सोसिडाडमाथि ४–० को एकतर्फी जित निकाल्यो ।
म्यानचेष्टरका लागि ब्रुनो फर्नान्डेसले २१ र ५७औं मिनटमा गरि दुई गोल गरे । मार्कस रेशफोर्डले ६५औं मिनटमा त्यो अग्रता दोब्बर पारे । त्यस्तै ९०औं मिनटमा डेनियल जेम्सले चौथो गोल थप्दै रेड डेविल्सको सहज जित सुनिश्चित गरे ।
अब दोस्रो लेगको खेल म्यानचेष्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा २५ फेब्रुअरीका दिन हुनेछ ।