बुडापेस्टमा टोटेनह्यामको जित (भिडियोसहित)

एजेन्सी । युरोपा लिगको नकआउट चरणतर्फ टोटेनह्याम हटसपरले पहिलो लेगको खेलमा अष्ट्रियन क्लब वुल्फ्सबर्गरमाथि ४–१ को शानदार जित निकाल्दै प्रिक्वाटरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

हंगेरीको बुडापेस्ट स्थित पुस्कास एरिनामा सम्पन्न खेलमा टोटेनह्यामका लागि १३औं मिनटमा ह्युङ मिन सोनले पहिलो गोल गरेका थिए । २३औं मिनटमा गारेथ बेलले त्यो अग्रता दोब्बर पारे ।

३४औं मिनटमा लुकास मुराले तेस्रो गोल थप्दै लण्डन क्लबको जितमा थप बल पुर्याए । उता वुल्फ्सबर्गरका लागि दोस्रो हाफको ५५औं मिनटमा माइकल लिन्डलले पेनाल्टीबाट गोल फर्काए ।

तर खेलको अन्तिमतिर ८८औं मिनटमा कार्लोस भिनिसियसले चौथो गोल थप्दै लण्डन क्लबको जित पक्का गरे । दोस्रो लेगको खेल २४ फेब्रुअरीका दिन लण्डन स्थित टोटेनह्याम फुटबल स्टेडियममा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...