सिटीलाई दश अंकको स्पष्ट अग्रता (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगमा शिर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीले लिगतालिकामा दश अंकको स्पष्ट अग्रता बनाएको छ । बुधबार राती इभर्टनलाई ३–१ ल हराएको सिटीले आफ्नो शिर्षतालाई थप लम्ब्याएको हो ।

खेलमा सिटीले ३२औं मिनटमा फिल फोडेनको गोलबाट अग्रता लिएको थियो । तर ३७औं मिनटमा इभर्टनका लागि रिचार्लीसनले बराबरी गोल फर्काउन सफल भएका थिए ।

दोस्रो हाफमा थप दबाब कायम गरेको सिटीका लागि ६३औं मिनटमा रियाद महरेजले दोस्रो गोल थपे । त्यस्तै ७७औं मिनटमा बर्नार्डो सिल्वाले तेस्रो गोल थप्दै टोलीको जित पक्का गरेका थिए ।

यो जितसँगै २४ खेलबाट ५६ अंक जोडेको सिटी शिर्ष स्थानमा छ । र दोस्रो स्थानको शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेड भन्दा १० अंकले अगाडी छ । उता पराजित २३ खेलबाट ३७ अंकका साथ सातौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...