बुडापेस्टमा लिभरपुलको महत्वपूर्ण अवे जित (भिडियोसहित)

एजेन्सी । च्याम्पियन्स लिगको नकआउट चरणतर्फ पहिलो लेगमा इङलिस क्लब लिभरपुलले पनि महत्वपूर्ण अवे जित हात पारेको छ । मंगलबार राती भएको खेलमा लिभरपुलले आरबी लिपजिगलाई पुस्कास एरिनामा २–० ले हरायो ।

दोस्रो हाफतर्फ पाँच मिनटको अन्तरालमा दुई गोल गर्न सफल भएको लिभरपुलका लागि त्यो दुई गोल नै जितका लागि प्रर्याप्त पनि बन्यो । लिभरपुलका लागि ५३औं मिनटमा मोहमद सलाह र ५८औं मिनटमा साडियो मानेले गोल गर्दै रेडसको जित सुनिश्चित गरे ।

यो जितसँगै लिभरपुलले क्वाटरफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । अब दोस्रो लेगको खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा १० मार्चका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...