क्याम्प नोउमा एम्बाप्पेको ह्याट्रिक (भिडियोसहित)

एजेन्सी । प्रतिष्ठित च्याम्पियन्स लिगको नकआउट चरणतर्फ पहिलो लेगमा बार्सिलोना विरुद्ध पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शानदार जित हात पारेको छ । फ्रेन्च स्टार काइलन एम्बाप्पेले ह्याट्रिक गरेको खेलमा पिएसजीले बार्सिलोनालाई उसकै घरेलु मैदानमा ४–१ ले हरायो ।

क्याम्प नोउमा लियोनल मेसीले २७औं मिनटमा पेनाल्टी गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाए तापनि त्यसपछि भने पिएसजी खेलमा पुर्ण हावी बन्यो । एम्बाप्पेले ३२, ६५ र ८५औं मिनटमा तीन गोल गर्दै ह्याट्रिक पूरा भने । त्यस्तै पाहुना टोलीका लागि थप एक गोल भने मोइसे किनले गरेका थिए ।

बार्सिलोना विरुद्धको सो खेलमा ब्राजिलियन स्टार नेमार भने उत्रिएका थिएनन् । दोस्रो लेगको खेल १० मार्चका दिन पिएसजीको घरेलु मैदानमा हुनेछ । जहाँ फ्रेन्च जायन्टले नेमार मैदानमा फर्किने विश्वास लिएको छ । साथै उता बार्सिलोनाको यो हारसँगै क्वाटरफाइनलमा पुग्ने सम्भावना पनि कठिन भईदिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...