शिर्ष चारमा उक्लियो चेल्सी (भिडियोसहित)

एजेन्सी । टिमो वेर्नर चम्किएपछि लण्डन क्लब चेल्सी इङलिस प्रिमियर लिगमा लिगतालिकाको शिर्ष चारमा उक्लिन सफल भएको छ । सोमबार राती घरेलु मैदान स्टामफोर्ड ब्रीजमा सम्पन्न खेलमा चेल्सीले न्युक्यासल युनाइटेड माथि २–० को जित निकाल्यो ।

चेल्सीको जितमा वेर्नरले आफ्नो १४ खेलसम्मको गोलको खडेरी तोड्दै एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर मिलाइदिए । चेल्सीका लागि पहिलो गोल भने ३१औं मिनटमा ओलिभर जिरुडले गरे । त्यो गोलका लागि वेर्नरले नै पास मिलाइदिएका थिए ।

लगतै ३९औं मिनटमा वेर्नरलेन ै चेल्सीका लागि दोस्रो गोल थप्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । वेर्नरले गरेको त्यो दोस्रो गोल नै खेलको अन्तिम गोल समेत बन्न पुग्यो ।

यो जितसँगै २४ खेलबाट ४२ अंक जोडेको चेल्सी लिगतालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित न्युक्यासल भने २५ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथि १७औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...