लुकाकु चम्किदा इन्टर शिर्ष स्थानमा (भिडियोससहित)

एजेन्सी । इटालियन सिरि ए तर्फ बेल्जियन स्टार रोमेलु लुकाकु चम्किएको खेलमा इन्टर मिलानले लाजियोमाथि ३–१ को जित निकाल्दै लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान सान सिरोमा सम्पन्न खेलको २२औं मिनटमा लुकाकुले पेनाल्टीबाट इन्टरका लागि पहिलो गोल गरे । त्यस्तै पहिलो हाफ कै ४५औं मिनटमा दोस्रो गोल गर्दै देश र क्लबका लागि करियरको ३००औं गोल पनि पूरा गरे ।

उता लाजियोका लागि दोस्रो हाफतर्फ ६१औं मिनटमा मिलिनकोभिक सेविकले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर सफल भने भएनन् । गोल को तेस्रो मिनट मै लौतारो मार्टिनेजले इन्टरका लागि तेस्रो गोल गर्दै घरेलु टोलीको जित पक्का गरे । त्यो गोलका लागि लुकाकुले नै पास मिलाइदिएका थिए ।

यो जितसँगै २२ खेलबाट ५० अंक जोडेको इन्टर लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । र दोस्रो स्थानमा रहेको शहरी प्रतिद्वन्द्वी एसी मिलान भन्दा एक अंकले मात्र अगाडी छ । उता पराजित लाजियो भने ४० अंकका साथ सातौं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...