सहज जितका साथ दोस्रो स्थानमा उक्लियो रियल (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ सहज जित निकाल्दै रियल मेड्रिड आइतबार लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा सम्पन्न खेलमा रियलले भ्यालेन्सिया माथि २–० को जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको हो ।

शुरुवातबाटै विपक्षी माथि हावी देखिएको रियलका लागि १२औं मिनटमा करिम बेन्जेमाले गोलको खाता खोलेका थिए । बेन्जेमाको त्यो सिजनको १७औं गोल समेत थियो ।

त्यस्तै पहिलो हाफ कै ४२औं मिनटमा टोनी क्रुसले दोस्रो गोल थपे । जुन गोल खेलको अन्तिम गोल पनि बन्यो । खेलमा भ्यालेन्सियाले रियल विरुद्ध खासै गतिलो आक्रमणको जालो बुन्न सकेन ।

यो जितसँगै रियल २३ खेलबाट ४९ अंकका साथ लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । साथै लिगलिडर एटलेटिको मेड्रिड भन्दा पाँच अंकले मात्र पछाडी छ । यद्यपि एटलेटिकोले दुई खेल कम खेलेको छ । उता पराजित भ्यालेन्सिया भने २४ अंकका साथ १३औं स्थानमा झरेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...