फुलह्यामसँग घरमै स्तब्ध इर्भटन (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगमा रेलिगेशन क्षेत्रमा संघर्ष गरिरहेको फुलह्यामसँग इभर्टनले घरेलु मैदान मै २–० को स्तब्धपुर्ण हार बेहोरेको छ । गुडिसन पार्कमा सम्पन्न खेलमा फुलह्यामका लागि जोश माजाले दुवै गोल आफ्नो नाममा लेखाए ।

माजाले दोस्रो हाफतर्फ ४८ र ६५औं मिनटमा दुई गोल गर्दै लण्डन क्लबलाई महत्वपूर्ण जित दिलाए । यो जितका बावजुद २३ खेलबाट १८ अंक जोडेको फुलह्याम रेलिगेशन क्षेत्रको १८औं स्थान मै संघर्षरत छ । उता पराजित इभर्टन भने २२ खेलबाट ३७ अंकका साथ सातौं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...